आमाछोराको उमेर ९ वर्ष अन्तर, ३० वर्षीया महिलासँग २१ वर्षको छोरा !

एक विदेशी महिलाले सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई ३० वर्ष भयो र मेरो छोरा २१ वर्षको छ ।’ यसरी हेर्दा आमाछोराको उमेर अन्तर ९ वर्ष मात्रै देखिन्छ । सामाजिक सञ्जालमा लेखेको कुरा पढ्नेहरू अचम्भित भए । आमाले ९ वर्षको उमेरमै कसरी छोरा जन्माइन् ? धेरैले अनुमान गर्न थाले ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द सनमा प्रकाशित रिपोर्टअनुसार ३० वर्षीया केसी डगलसले आफूले बच्चा जन्माउन नचाहेको स्पष्ट पारेकी छन् ।

आफूले बच्चा जन्माउन नचाहेकाले धर्मछोरा पाल्दा आमाछोराको उमेर अन्तर थोरै हुन गएको उनले बताइन् । उनीसँग अरु २ जना १७ र १८ वर्षका छोरा पनि छन् । उनले ती छोरा पनि धर्मछोराकै रूपमा पालेकी छन् । धर्मपुत्रहरू जेठा रेन्डल २१ वर्षीय, टिम १८ वर्षीय र दमोन १७ वर्षीय छन् ।

उनका पति फिलिपको अघिल्लो विवाहबाट जन्मिएका २ छोरी पनि सँगै बस्ने गरेकी छन् ।

धर्मपुत्रका साथमा आफूहरू खुशी रहेका उनले बताएकी छन् तर सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x