अब बैंकहरू पनि आइतबार बन्द हुने
जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । गभर्नरबाट वैशाख २८ गतेकाे स्विकृती अनुसार जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार पनि बैंकहरू बिदा दिने औपचारिक निर्णय गरिएकाे राष्ट्र बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।
अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने राष्ट्र बैंकले जनाएकाे छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म हुनेछ ।
source:laganikhabar