महिला टी–२० क्रिकेटः नेपाल पहिलो खेलमा पराजित

पहिलो पटक नेपालमा आयोजना भएको महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाल युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न पहिलो ट्वान्टी–२० खेलमा नेपालले युगान्डाले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । समान्य लक्ष्य पछ्याएको नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोड्दिा डोली भट्ट १३ तथा बिन्दु रावल १२ रनमा आउट भईन ।

कप्तान रुबिना क्षेत्री ९ रनमा आउट हुँदा ज्योति पाण्डेले ६ रन जोडिन् । यस्तै रोमा थापा ५, कविता जोशी ४ तथा अप्सरी बेगम १ रनमा पवेलियन फर्किइन । कविता कुँवर ११ रनमा अविजित रहदा अश्मिना कर्माचार्यले खाता खोल्न नै सकिनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युगान्डाका कोन्सी अवेको र सारा एकीटेङले २–२ विकेट निकाल्दा रिता मुसामाली र जनेट एमबाबाजीले १–१ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रन जोडिन । केभिन अविनोले १५ रन जोड्दा फ्रान्कलिन नाजुम्बाले १२ रन बनाईन । रिता एनयागेन्गोले १८ रन बनाईन । रिता मुसामालीले अविजित १३ जोड्दा लियोना बाबिरे सुन्य रनमा पवेलियन फर्किइन् ।

बलिङतर्फ नेपालकी कविता कुँवरले २ विकेट लिइन् । यस्तै कप्तान रुबिना क्षेत्री कविता जोशी र इन्दु बर्माले एक एक विकेट आफ्नो नाममा लेखाए । यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । पाँच ट्वान्टी–२० शृंखला अन्तर्गत अब नेपालले मंगलबार युगान्डासँग दोस्रो खेल खेल्नेछ ।

source:shilapatra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x