के धनसम्पत्ति नै सर्वेसर्वा हो त ?

म आज यस्तो बिषयको बारेमा चर्चा गर्दैछु । जुन तपाईं हामीले हाम्रो नेपाली समाजमा हरेक ठाउँमा सुन्दै आएका छौ । पानीपँधेरो होस् वा चिया पसल हरेक ठाउँमा त्यसैको चर्चा हुन्छ । उसको त राम्रो कमाइ रैछ है , यस्तो गर्‍यो भने राम्रो पैसा आउँछ । उ त धनाड्यमा परीछे है । अनेक अनेक अनि यूट्युबमा गयो भने ‘हामी सिकाउँछौ तपाईंलाई पैसा कमाउने तरिका’ आदि इत्यादी भिडियोको व्युज पनि त्यति नै धेरै गएको हुन्छ । यहाँ कामको बारेमा भन्दा पनि पैसाको बारेमा धेरै चर्चा हुन्छ । अनि हामीले कसरी राम्रो समाजको परिकल्पना गर्छौ त? के हामी धन सम्पत्ति मात्रै भएर खुशी हुन सक्छौ त?  पक्कै पनि सक्दैनौ होला ।

हामी खुशी हुनको लागि धनसम्पत्ति स्वास्थ्य, शिक्षा , इज्जत मान प्रतिष्ठा, स्वाभिमान, मायाप्रेम आदि इत्यादी सबैको उत्तिकै महत्व हुन्छ । मलाई एक जना भाईले भन्दै थिए । ‘वास्तबिक जिबनमा आदर्शका कुरा गरेर हुँदैन , धनसम्पत्ति नै ठुलो हो’ भनेर, मलाई यस्तो लाग्यो कि हाम्रो समाजमा विद्यार्थीलाई पनि तिमीले धेरै पढ्यो भने धेरै धनसम्पत्ति कमाउछौ भनेर पैसाको लोभ देखाइएको हुन्छ ।  जस्तो लाग्यो न कि तिमी एक शिक्षित व्यक्ति बन्ने छौ भनेर , त्यसैले त भन्ने गर्छन् मेरो छोरो भविष्यमा डाक्टर बन्नेछ । पाइलट बन्नेछ । आदि इत्यादी, तर कसैले यो भन्दैन कि मेरो छोरो एक विद्वान होस् मानविय गुणले सर्वसम्पन्न होस् भनेर, त्यो बच्चाको मन मस्तिष्कमा कस्तो छाप बस्छहोला? तपाईं आँफै बिचार गर्नुस् त, मानिसको जीवन तब मात्र सुखी र खुशी हुन सक्छ ।

जब धनसम्पत्ति, स्वास्थ्य, शिक्षा, इज्जत मान प्रतिष्ठा, स्वाभिमान, मायाप्रेम आदि इत्यादीलाई ब्यालेन्स गर्न सक्छ । जसले धनसम्पत्ति नै सर्वेसर्वा हो भन्छ । उसले धनसम्पत्ति त कमाउँछ । तर अरु कुरामा चाँही गरीब नै हुन्छ । राम्रो जीवन जिउनु नै सबै कुरालाई ब्यालेन्स गरेर लैजानु हो । एउटा उदाहरणबाट अझै राम्ररी बुझौ, तपाईं अस्पताल जानुहुन्छ । किन ? बिरामी भएर नै जानुहुन्छ नि है, जब तपाईंलाई डाक्टरसाबले चेक गर्नुहुन्छ तब तपाईंको रिपोर्टमा सुगर को लेवल बराबर नभएको हुन सक्छ । हेमोग्लोबिन मात्रा तल वा माथि भएको हुनसक्छ । ब्लडप्रेसरको मात्रा तल माथि हुनसक्छ । तपाईंलाई समस्या भएर नै अस्पताल जानुभएको अर्थात तपाईंले ब्यालेन्स गर्न सक्नु भएन नजरअन्दाज गर्नुभयो । अनि त्यो बेला तपाईंलाई लाग्छ । स्वास्थ्य नै सबैथोक हो भनेर अझै पनि तपाईंले गलत बुझ्नुभयो । स्वास्थ्यलाई माथि राख्नु भयो । तल माथि राख्ने हैन ब्यालेन्स गर्ने हो तसर्थ यी सबै कुरा आँफैमा उत्तिकै महत्वपूर्ण छन ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x