काठमाडौंमा यस्तो छ बन्दको प्रभाव (तस्बिरहरू सहित )

(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ पार्टीहरूले गरेको नेपाल बन्दको प्रभाव आंशिक परेको छ । मंगलबार नेपाल बन्दको घोषणा गरेको भएपनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको हो । सवारीसाधनहरू काठमाडौं उपत्यकामा यतिबेला सञ्चालनमा आइरहेका छन् ।

आज बिहान भने केही कम सवारीसाधन मात्रै सञ्चालनमा थिए । बन्दको घोषणापछि बिहानैबाट प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । सरकारसँग २० फागुन २०७७ मा भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै विप्लव नेतृत्वको नेकपाले आजका लागि देशव्यापी बन्दको घोषणा गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । पार्टीले अमेरिकासँग गरिएको एमसिसी सम्झौता खारेज हुनुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । काठमाडौं उपत्यकामा बन्दको प्रभाव खासै नदेखिए पनि देशका अन्य विभिन्न भू–भागमा भने सवारीसाधन तोडफोड र शंकास्पद वस्तु फेला परेको बताइएको छ ।

source:farakdhar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x