ओरालाे लागेकाे सुनको मूल्य ९ दिनपछि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

भदौ ८, काठमाडौं । गत साउन ३० गतेयता ओरालाे लागेकाे सुनको मूल्य ९ दिनपछि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला ३०० रूपैयाँले बढेर ९५ हजार ३०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

गत साउन ३० गते भने सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँ घटेर ९७ हजार ४०० कायम भएकाे थियाे ।

आज चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी तोलाको ५ रूपैयाँले बढेर १ हजार १६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १६० रूपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा यो दिन सुनको मूल्यमा उतारचढाव देखिएकाे छ । यो दिन (नेपाली समय अनुसार बिहान ११:१० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७४७ दशमलव ६६ डलर पुगेको छ । मंगलवार बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७४६ दशमलव ०६ डलरमा बन्द भएको थियो ।

त्यसैगरी, आज डलरको मूल्य भने घटेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ ०८ पैसा कायम भएको छ । अघिल्लो दिन‌ एक अमेरिकी डलरको विक्रीदर १२८ रूपैयाँ १० पैसा थियो ।

source:abhiyandaily

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x