धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना भाग्यमानीले मात्रै पाए ११ कित्ता शेयर

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बुधवार विहान बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँट कार्यक्रममा ३० हजार ९ सय २९ जना आवेदकले मात्र शेयर प्राप्त गरेका छन् ।

क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकबाट २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।

जस मध्ये १२ सय ८६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । रितपूर्वक आवेदन दिने १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकलाई बाँडफाँटमा सहभागी गराईएको क्यापिटलको भनाई छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा योग्य आवेदकहरूमध्ये पनि ३० हजार ९ सय २९ जना आवेदकले मात्र शेयर पाएका छन् । पहिलो चरणमा न्यूनतम १० कित्ताका दरले यी आवेदकहरूमा शेयर बाँडफाँट गरी बाकी रहेको ५ कित्ता शेयर पुनः एक कित्ताका दरले बाँडफाँट गर्दा यी आवेदकहरूमध्यबाट ५ जनाले ११ कित्तासम्म शेयर प्राप्त गर्न सफल भएका हुन ।

कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका मध्ये १८ लाख ६४ हजार १८३ जना आवेदक हात खाली भएको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । सर्वसाधारण्मा कुल ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गरेको हो ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरी बाँडफाँट गरेको  हो ।

source:aarthiknews

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x