विपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमााडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमा ३ लाख २ हजार १४१ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साँझ ५ बजेसम्ममा ३ लाख २ हजार १४१ जना आवेदकबाट ३३ लाख ६४ हजार ६५० कित्ताका लागि आवेदन दिएका हुन् ।
सिडिएसका अनुसार संस्थाको आइपीओमा ३३ करोड ६४ लाख ६५ हजार रुपैयाँको आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको ४१।५६ गुणा बढी हुन आउँ
कम्पनीले आज फागुन १८ गतेदेखि आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ८० लाख ९५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो ।
जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्काशन हुनेछ । यसमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
यस्तै, जारी पुँजीको १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्तामा सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
source:arthatantra