सात कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत, कुन कम्पनीको कति ?

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा दुइ इन्स्योरेन्ससहित सात कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । सात कम्पनकिो २ करोड ११ लाख ७२ हजार १८२.८४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सानिमा बैंकको १० प्रतिशत बोनस बापतको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता सूचिकृत भएको हो ।

त्यसैगरी, सिवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत बापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस बापतको १७ लाख ४९ हजार ४५१ कित्ता, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस बापतको ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस बापतको १२ लाख कित्ता, सोल्टी होटलको ५ प्रतिशत बोनस बापतको ४२ लाख ३३ हजार ५३३ कित्ता र सिद्धार्थ इन्स्योरेन्सको ९ प्रतिशत बोनस बापतको ११ लाख ५९ हजार २०० गरी जम्मा २ करोड ११ लाख ७२ हजार १८२.८४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् यी सातै वटा कम्पनीको सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x