साताको पहिलो दिन नबील बैंक र एनआइसी एशिया बैंकको सेयरमा गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन नबील बैंक र एनआइसी एशिया बैंकको सेयरमा गिरावट आएको छ ।
उक्त दिन नबील बैंकको सेयर मूल्य १.१४ प्रतिशत अर्थात प्रतिकित्ता ७ रुपैंयाले घटेको हो । योसंगै बैंकको सेयर मूल्य ६०६ रुपैंया कायम भएको छ ।
आज बैंकको ३ करोड ९ लाख ४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज ५० हजार ७२४ कित्ता सेयर खरिदबिक्री भएको हो ।
यस्तै, आज एनआइसी एशिया बैंकको सेयर मूल्य पनि १.०७ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैंयाले घटेर ७४२ रुपैंया कायम भएको छ । आज बैंकको ४ करोड ८४ हजार रुपैयाँ बराबरको ५३ हजार ९३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
source:arthatantra