सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार २३.२४ अंकले घटेको हो ।
उक्त दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकको कारोबार भएको छ । आज कम्पनीको ५ करोड २ लाख ३० हजार हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्ट्सको ४ करोड ४७ लाख ४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन रिडी पावर कम्पनीको ३ करोड ४६ लाख ५ हजार रुपैयाँ, हिमालयन डिस्टीलरीको २ करोड ४४ लाख ५४ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्स कम्पनीको २ करोड ४१ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।
source:arthatantra