ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट
हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बिक्री गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ४ गतेका दिन आईपीओ बाँडफाँट गरेको जनाएको छ ।
कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई बिक्री गरेको थियो । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओ रिजल्ट नेपाल एसबिआई बैंकिङ्गको वेवसाइट nsmbl.com.np, कम्पनीको वेवसाइट https://www.ingwahydropowerltd.com.np/ र सिडिएस एण्ड क्लियरिङ्गले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
source:bikashnews