कतारविरुद्ध नेपाललाई तेस्रो झट्का, आशिफ शेख पनि आउट

एसीसी प्रिमियर कपमा शुरूको ४ ओभरमा २ विकेट गुमाएर दबाबमा आएको नेपालले कमजोर कतारविरुद्ध तेस्रो विकेट पनि गुमाएको छ । १२.४ ओभरमा आशिफ शेख १९ रन बनाएर आउट भएका हुन् । यस अघि १.२ ओभरमा कुशल भुर्तेल २ र ३.३ ओभरमा भीम सार्की ६ रन बनाएर आउट भएका थिए ।

नेपाल प्रतियोगिताको सेमिफाइनमा पुगिसकेको छ । समूह एमा कतारले भने अहिलेसम्म एक खेल पनि जितेको छैन ।

नेपाल यो खेलमा पराजित भए युएईविरुद्ध र विजयी भए हङकङसँग खेल्ने सम्भावना बढी छ ।

यद्यपी कुवेतले हङकङलाई पराजित गरे अर्को समीकरण बन्न सक्छ ।

source:lokaantar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x