गुन्जायेमान भयो पशुपती, ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ तीज गीतले

काठमाडौं : आज तीज। यसदिन हरेक वर्ष पशुपतिनाथ मन्दिर परिसरमा महिलाहरुको भिड लाग्ने गर्छ। तर, यसपटक भने कोरोनाकालभन्दा अघि जस्तो भिडभाड पशुपतिमा देखिएन।

बिहान लाइन बस्न पनि धेरैजना पुगेनन्। दिउँसो भने पशुपति पुग्ने महिलाको संख्या बढ्न थाल्यो। पशुपतिको चारवटै ढोका यसपटक दर्शनार्थीको लागि खुला गरिएकोले पनि व्यवस्थापन राम्रो भएको पशुपति विकास कोषले जनाएको छ।

दिउँसोबाट भने पशुपति परिसरमा तीज गीतहरु गुञ्जिए। त्यसपछि पशुपतिमा तीजको माहोल बन्न थाल्यो। महिलाहरु पुराना र नयाँ तीज गीतहरु नृत्य गर्न थालेका थिए। ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’, ‘तीजको रहर आयो बरी लै’ लगायतका गीतमा अहिले पनि पशुपति परिसरमा नृत्य जारी छ।

source:pahilopost

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x