न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ

काठमाडौं । पाहुना टिम न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । बुधबार भएको अन्तिम खेलमा १६८ रनको फराकिलो जित निकाल्दै भारतले शृङ्खला जितेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २३५ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १२.१ ओभरमा सबै विकेट गुमएर ६६ रनमात्र जोड्न सक्यो । न्युजिल्यान्डलाई सस्तैमा समेट्न भारतका कप्तान हार्दिक पन्ड्याले चार विकेट लिए । चार ओभर बलिङ गरेका पन्ड्याले १६ रनमात्र खर्चिए । यस्तै, अर्सदीप सिंह, उम्रन मलिक र सिवम मावीले समान दुई विकेट लिए ।

भारतविरुद्ध निरीह देखिएको न्युजिल्यान्डबाट डर्याल मिचेलले ३५ र कप्तान मिचेल स्यान्टनरले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यसअघि ओपनर सुबमन गिलले अविजित १२६ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २३४ रनको योगफल खडा गरेको थियो ।
गिलले ६३ बलमा १२ चौका र सात छक्का प्रहार गरे । राहुल त्रिपाठीले ४४, हार्दिक पन्ड्याले ३० र सूर्यकुमार यादवले २४ रन बनाएका थिए ।
न्युजिल्यान्डका मिचेल ब्रासवेल, ब्लायर टिकनेर, ईश सोधी र डार्याल मिचेलले समान एक विकेट लिए ।
शृङ्खलाको पहिलो खेलमा न्युजिल्यान्डले २१ रनको जित निकाल्दा दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।
source:baahrakhari

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x