कांग्रेस नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते, आइसीयुमा उपचार हुँदै

खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता एवं  सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरस्थित निवासमा बुधवार राति ग्यास सिलिण्डर विस्फोट भएको थियो ।

विस्फोटमा भण्डारीकी आमा समेत घाइते भएकी छिन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपूरस्थित बर्न सेन्टरमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भण्डारीको शरीरको केही भाग जलेको डाक्टरहरुले बताएका छन् । आमाको भने झण्डै ७० प्रतिशत शरीर जलेको छ ।

‘ग्यास सिलिन्डर बिस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका नेता, सांसद चन्द्र भण्डारी र उहाँको ८६ बर्षिया माताको किर्तिपुरको अस्पतालमा उपचार भइरहेकोे छ l अस्पतालबाट भर्खर फर्किएको छु l ममतामयी माता र आदरणीय चन्द्र´दाइ दुवैको सिघ्र स्वास्थलाभकालागि भगवानसँग प्रार्थना गर्दछु’​ कांग्रेस महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

बुधवार मात्र भण्डारीले प्रतिनिधि सभाको विशेष समयमा माफीयाले देश समाप्त पार्न लागे भन्दै जनताको पक्षमा बोलेका थिए । भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

source:nepalpatra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x