तपाईलाइ पर्यो त एसियन हाइड्रोपावरको आइपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । एसियन हाईड्रोपावार लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार ५ सय २ जनाको आवेदन रद्द भएको र १४ लाख २५ हजार ७ सय २० जना आवेदक मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा मार्फत ६९ हजार ७ सय २० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले  ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।

आईपीको नतिजा हेर्नका लागि

१. बिक्री प्रबन्धको वेबसाइट :  https://www.nmbcl.com.np

२. मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login

३. सिडिएसको वेबसाइट :   http://iporesult.cdsc.com.np/

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x