आज काठमाण्डौसहित केही ठाउँमा वर्षा, दिउँसो र बेलुका पनि पानी पर्ने

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको छ ।

काठमाण्डौसहित बाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी  पर्ने सम्भावना छ । लगातार झरी नपरे पनि पानी पर्दै रोकिने क्रम बेलुकैसम्म चल्ने मौसमविद् झाले बताउनुभयो ।

दिउँसो पछि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । यस्तै, तराईका जिल्लामा तीव्र गतिमा हावाहुरीसमेत चल्ने मौसमविद्ले बताएका छन् ।  देशका धेरै ठाउँको मौसम अहिले धुम्म छ।

नेपालमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

source:ujyaaloonline

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x