अब गुगल मिटमा फुल एचडी क्वालिटीमा भिडिओ कल गर्न सकिने

काठमाडौं । गुगल मिटमा अब १०८०पी रेजोलुसन (१९२०x१०८० पिक्सेल) मा भिडिओ कल गर्न सकिने भएको छ । यसअघि अधिकतम ७२०पी रेजोलुसनमा कल गर्ने सुविधा रहेको यो प्लेटफर्ममा हालै कम्पनीले नयाँ अपडेट प्रस्तुत गरेको छ ।

माइक्रोसफ्ट टिम्स र जुमजस्ता भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्मका प्रयोगकर्ताले यसअघि नै १०८०पी रेजोलुसनको सुविधा पाइसकेका छन् । गुगलले पनि आफ्नो भिडिओ कन्फ्रेन्सिङ सफ्टवेयरमा उच्च गुणस्तरको रेजोलुसन दिने घोषणा गरेको हो ।

पहिलो चरणमा यो सुविधा गुगल वर्कस्पेस एडिसन चलाइरहेका प्रयोगकर्ताले पाउने कम्पनीले जनाएको छ । त्यस्तै गुगल वनमा २ टीबी वा सोभन्दा बढी स्टोरेज भएका प्रयोगकर्ताले यसमा पहुँच पाउन सक्नेछन् ।

यो फिचर प्रयोग गर्न आफ्नो डिभाइसले १०८०पी क्यामेरा सपोर्ट गर्नुका साथै पर्याप्त कम्प्युटिङ पावर हुनुपर्ने पनि कम्पनीले उल्लेख गरेको छ । प्रयोगकर्ताले आफ्नो सेटिङ मेनुमार्फत यो फिचर इनेबल गर्न सक्नेछन्। हाल यो सुविधा वेबमा मात्रै रहेको छ भने दुई जना प्रयोगकर्ताबीचको भिडिओ कलमा मात्रै प्रयोग गर्न सकिन्छ ।

source:techpana

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी




0
Would love your thoughts, please comment.x
()
x