मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) |
आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ । |
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) |
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) |
आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला । |
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) |
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ । |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) |
आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) |
साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ । |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) |
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) |
आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) |
अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) |
बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला । |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) |
आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ । |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) |
आज ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले पनि तीव्रता लिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल |