छ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

बढ्दो क्रममा रहेको बजारलाई बुधबार कारोबार रकमको पनि साथ मिलेको छ। केहि दिनदेखि ५ अर्बको हाराहारीमा रहेको कारोबार रकम बुधबार साढे ६ अर्ब माथि पुगेको छ।यस दिन नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको छ।बुधबार कारोबार रकम पनि बढेको छ। यस दिन २०८ वटा कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँमा खरिद बिक्री भएको छ।यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये हाइड्रोपावर उपसमूहबाहेक १२ उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ।

यस दिन साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९५ प्रतिशत, आरएसडिसि लघुवित्तको ९.९४ प्रतिशत, माउन्टेन हाइड्रोको ९.९२ प्रतिशत र कालिका पावर कम्पनीको ९.७६ प्रतिशतले बढेको छ।यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ३.६० प्रतिशतले घटेको छ भने उपर तामाकोशिको ३.२६ प्रतिशत, साञ्जेन जलविद्युतको ३.२१ प्रतिशत, खानीखोला हाइड्रोपावरको २.३४ प्रतिशत, जोशी हाइड्रोको २.२९ प्रतिशत र आँखु खोला हाइड्रोको १.९६ प्रतिशत घटेको छ।बुधबार नेपाल इन्फ्रस्ट्रक्चर बैंकको सबैभन्दा धेरै ६५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपर तामाकोशीको ४१ करोड ५७ लाख, नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख, जलविद्युत लगानी ता विकास कम्पनीको २५ करोड १७ लाख र अपि पावरको १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने २१ कम्पनीको शेयरमूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयरमा कुनै परिवर्तन भएन।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x