प्रधानमन्त्री ओलीको भौतिक शरीरको फोटो मोबाइलले खिच्न निषेध !

काठमाडौ‌ं, १२ चैत अहिलेको जमानामा कस्को हातमा मोबाइल हुन्न र ! सबैको हात हातमा स्मार्ट मोबाइल फोन हुन्छ र स्मार्ट मोबाइलले क्यामेराभन्दा पनि आकर्षक फोटो (तस्बिर) खिच्छ ।

तर, अब मोबाइलले नेकपा एमाले एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भौतिक शरीरको फोटो खिच्न निषेध गरिएको जानकारी दिइएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम सुरू हुनुपूर्व यस्तो जानकारी गराए छन् ।कार्यक्रम सुरु हुनुपूर्व प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोबाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए हुन् । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यानले आफूले चाहेबमोजिम फोटो खिच्न निषेध गरिएको छ ।

Source: news24nepal

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x