साना किसान विकास लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं  : साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १२ हजार ४१५ कित्ता सेयर लिलामी भर्ने आज (चैत १३ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले फागुन २८ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सकिनेछ ।
Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x