विज्ञान र प्रविधिको क्षेत्रका एक आविष्कारक सनोज ध्वज जोशी

सनोज ध्वज जोशी  कानुनमा स्नातक गरे पनि कानुन व्यवसायमा नलागी सानै देखिको आफ्नो अभि रुचि रहेको विज्ञान र प्रविधिको क्षेत्रमा लागि रहेको एक आविष्कारक हुन् | पेशाले हाल उनि एक कृषक रहेता पनि नया किसिमका प्रविधि आविष्कार गर्न उनि सधै भर अग्रसर रही रहेका हुन्छन | सनोज ध्वज जोशी एक प्रविधि प्रथिभा सम्पन्न व्यक्ति हुन् | हुन त उनको औपचारिक रुपमा प्रारम्भिक अध्ययन विज्ञान विषयमा नै गरेका हुन | आफ्नो रुचि अनुसार उनीले प्राविधिक क्षेत्रमा नेपाल कानुन बमोजिम उनीले चार ओटा बस्तुमा वौद्धिक सम्पति (PATENT RIGHT) प्राप्त गरेका छन् |
यसै बीच नेपालमा चलेको सस्शत्र बिद्रोहको बेला तत्कालिन शाही नेपाली सेना तथा सस्शत्र प्रहरी बलको लागि आफ्नो प्राविधिक ज्ञान र शिपले हतियारको जगेडा पार्ट पुर्जा नेपालमा नै उत्पादन गरेर उक्त दुई निकायलाई सहयोग गरेका पनि थिए | नेपालमा कार्पेट व्यापारले उचाई छुएको बेलामा आवश्यकता अनुसार २०४९ साल मा कार्पेट सुकाउने मेसिनको नया प्रविधि निर्माण गरेर पहिलो PATENT RIGHT लिएका थिए भने केहि समय खर्चेर २०५६ साल मा कार्पेट धुँदा पानी र जमिन मा हुने प्रदुषणलाई ६० प्रतिशत सम्म कम हुने गरि कार्पेट धुने मेसिनको नवप्रवर्तन गरेर दोस्रो PATENT RIGHT हासिल गरेका थिए |
त्यसै गरि २०५९ सालमा ढोका र झ्यालको सेरामिक मोलडर बनाएर आगो लागि हुने जोखिम घटाउने प्रविधिको निर्माण गरि त्यस्रो PATENT RIGHT लिन सफल भएका थिए| हाल उनि एक कृषक भएर जीवन यापन गर्ने क्रममा कृषकहरु लाई दनिक रुपमा काम गर्दा आउने कठिनाइहरुलाई मध्यनजर राख्दै नेपालमै उत्पादन गरि नया किसिमका प्रविधिहरु विकाश गरि दैनिक कार्यहरु सहज गर्न सकिन्छ भन्ने सोचाई आएर उनले HORIZONTAL MULTI BLADED CIRCULAR JAW CUTTER नामक स्लाइसर मेसिन निर्माण गरि आफ्नो चौथो PATENT RIGHT लिन सफल भएका छन् |
अहिले उनि नेपाल जस्तो कृषि प्रदान देशमा कृषिमा उपयोग गर्न सकिने अरु प्रविधिको विकाश गर्न अनुसन्धान गर्दै छन् | उहाँ जस्तो प्रतिभा सम्पन्न व्यक्तिलाई अझै प्रोत्सहान दिने हो भने नेपाल प्राविधिक क्षेत्रमा अझै अगाढी बढ्न सक्छ | नेपाल सरकारले आफ्नै देशमा रहेका येस्तै प्रतिभाहरु लाई प्रोत्साहन दिने हो भने नेपालमा थुप्रै वैज्ञानिक प्रतिभाहरु अगाडी बढेर आउने छन् र नेपालले पनि विज्ञान र प्रविधिको क्षेत्रमा विकाश गर्न सफल हुने छ |
Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x