मिति तोकियो घरघरमा मेलम्चीको पानी आउने दिन

काठमाडौं, चैत्र १३। मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइएको छ । यसैबीच शुक्रबारर खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गरेका छन् ।

शुक्रबार नै मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव बेल्वासेले जानकारी दिए । पहिलो दुई दिन चार करोड त्यसपछि ६।५ करोड र ४ दिनपछि ८।५ करोड लिटर वितरण गरिने सचिव बेल्वासेको भनाई छछ ।

Source : गोरखापत्र दैनिकबाट

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x