लगानिकर्तालाई खुशीको खबर ६२ करोडको नयाँ आईपीओ आउँदै

काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ । एक जलविद्युत् कम्पनीले ६२ करोड ५०लाखको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ ।ओखलढुंगा र रामेछाप जिल्लामा १२० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी ग्रीन भेञ्चर्स लिमीटेडले ६२ लाख ५० हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि यो कम्पनीले आवेदन दिएको हो ।कम्पनीले प्रतिकित्ता रु. १०० दरका धितोपत्रको सार्वजनिक निश्कासन गर्न खोजेको हो ।धितोपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । ग्रीन भेञ्चर्स प्रालि भारतको भिलवारा इनर्जी लिमीटेड र नेपालको त्रिवेणी इनर्जी प्रालिको संयुक्त लगानी रहेको कम्पनी हो ।

Source: arthiksandesh

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x