संसारका १० प्रदूषित सहर

वायु प्रदूषण भन्नाले वायुमण्डलमा विभिन्न पदार्थहरूको उपस्थितिलाई बुझिन्छ, जुन मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यको लागि हानिकारक हुन्छ । धुँवा, धुलो, ग्याँसलगायत विभिन्न पदार्थहरू जब हावामा मिसिन्छन्, तब वायु प्रदूषण हुन्छ । यसरी प्रदूषण भएको वायुले कुनै पनि स्थानको मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ ।यसरी प्रदूषित भएको वायुको एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्सबाट मापन गरिन्छ । एक्युआई सरकारी एजेन्सीहरूद्वारा हालसालै हावा कति प्रदूषित छ र हावामा कस्तो प्रदूषण हुने पूर्वानुमान गरिएको छ भनेर जनतालाई जानकारी गराउन प्रयोग गरिन्छ ।यसै साता काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित सहरको शीर्ष स्थानमा रहेको समाचार आएको थियो । एक्युआई तथ्याङ्कअनुसार प्रदूषित सहरको अवस्थामा फेरबदल भैरहन्छ । हाल दक्षिण एशियाली मूलुकका सहरमा प्रदूषण बढेको देखिएको छ । यो समाचार तयार गर्दासम्म पछिल्लो एक्युआई तथ्याङ्कअनुसार संसारका १० शीर्ष प्रदूषित सहरको सूची यसप्रकार छ ।

१०. भियतनाम, हनोई: भियतनामको हनोईमा हालसालै १ सय ५४ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिकालगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्छ ।
९. दक्षिण कोरिया, इन्चियोन : दक्षिण कोरियाको इन्चियोनमा हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिका लगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्ने देखिन्छ ।
८. भारत, मुम्बई : भारतको मुम्बईमा पनि हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ ।
७. म्यानमार, याङ्गुन : म्यानमारको याङ्गुनमा हालसालै १ सय ६० एक्युआई रहेको पाइएको छ ।
६. भारत, दिल्ली : भारतको दिल्लीमा हालसालै १ सय ६१ एक्युआई रहेको पाइएको छ ।
५. भारत, कलकत्ता : भारतको कलकत्तामा हालसालै १ सय ६७ एक्युआई रहेको पाइएको छ ।
४. बङ्गलादेश, ढाका : बङ्गलादेशको ढाकामा हालसालै १ सय ७० एक्युआई रहेको पाइएको छ ।
३. पाकिस्तान, लाहोर: पाकिस्तानको लाहोरमा हालसालै १ सय ७३ एक्युआई रहेको पाइएको छ ।
२. नेपाल, काठमाडौं: नेपालको काठमाडौंमा हालसालै २ सय ६६ एक्युआई रहेको पाइएको छ । जसअनुसार लामो समयसम्म यस्तो वातावरणमै रहने हो भने सामान्य व्यक्तिलाई सास फेर्न असुविधा र हृदय रोग भएका मानिसहरूमा ठूलै समस्या उत्पन्न हुन सक्छ ।
१. चीन, संघाई: चीनको संघाईमा हालसालै ५ सय ७१ एक्युआई रहेको पाइएको छ, जसअनुसार यहाँको वातावरण एकदमै खतरनाक मानिएको छ ।

Source: merolifestyle

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x