मेरो शेयरमा समस्या आएपछि केही दिनका लागि बन्द

मेरो शेयरमा केही दिनका लागि बन्द भएकाे छ । मेरो शेयरमा समस्या आएपछि मंगलबार बेलुका ८ बजेबाट दिनका लागि बन्द गरिएकाे  सीडीएससीले जनाएकाे छ ।

मेरो शेयरमा देखिएको समस्या सामधानका लागि थप सर्भर जडान गर्नु पर्ने भएकाले केही दिन मेरो शेयर नखुल्ने बताइएको छ । ‘मेरो शेयर सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्रविधिक समस्यहरु देखा पर्दै आएकोमा सो को समाधानको लागि आकस्मिक रुपमा थप सर्भरहरु जडान गर्नुपर्ने देखिएकाले र सो सर्भर जडान गरि डाटा माईग्रेसन केही समयको लाग्ने भएकाले मिति २०७७/१२/१७ गते बेलुका ८ बजेबाट मेरो शेयर केही समयको लािग अवरुद्ध हुने व्यहोरा जानकारी गराइन्छ’, सीडीएससीले भनेकाे छ ।

चैत १६ गतेको कारोबार गरेका इडीआएसको समय पनि थप गरिएको छ । सोमबार बेचेको शेयरको इडीआएस गर्ने समय चैत १८ गते विहान १० बजेसम्म थप गरिएको सीडीएससीले जानकारी दिएको छ ।

source:news24nepal

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x