सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट बारे यसो भन्छ बिक्री प्रबन्धक

काठमाडौं  :  सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँट अर्को हप्ता मात्र हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सीडीएसमा आएको समस्याका कारण आवेदन रुजु गर्ने काम अझै बाँकी रहेकोले अर्को हप्तामात्र बाँडफाँट गरिने तयारी गरिएको छ । यद्यपी मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएपछि मात्र कुन दिन बाँडफाँट गर्ने भन्ने टुङ्गो लाग्ने बिक्री प्रबन्धको भनाई छ ।
यता, सिंगटी हाइड्रो इनर्जीको  आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यसमा कुल २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १६ लाख ३५ हजार ५३७ जनाले २ करोड ४६ लाख ६५ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ९.३४ गुणा बढी हो ।
यसआधारमा सर्वसाधारणलाई बिक्री गरिएको २६ लाख ९४ हजार कित्तालाई आधार मान्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १३ लाख ७१ हजार ५३७ जना भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यो आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम रहेको संकेत गर्दछ ।
Source: nepaliopaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x