अस्पताल जलिरहँदा डाक्टरहरुले बिरामीको मुटुको अपरेशन गर्न छाडेनन्

मस्को: रुसको एक अस्पतालमा आगो लागिरहेकै बेला चिकित्सकहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्याक्रिया गरे ।

अस्पतालको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चिकित्सकहरुले भने आफूहरुले गरिरहेको अपरेशन सम्पन्न गरेरै छाडे ।आगो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्पतालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो । साथै अपरेशन चलिरहँदा अग्नी नियन्त्रकहरुले आगो निभाइरहेका थिए । तर आगलागीका कारण कोही पनि घाइते नभएको बताइएको छ ।

रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्पतालमा यस्तो घटना भएको हो । आगो लागिरहँदा ती बिरामीको अपरेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए । आगो लाग्नुभन्दा केही समयअघि मात्रै सुरु गरिएको शल्याक्रिया २ घण्टासम्म चलेको बताइएको छ ।रुसी सरकारका अनुसार उक्त अस्पताल १९०७ मा बनेको थियो । अस्पतालमा काठ समेत जडान गरिएको थियो ।

Source: annapurnapost

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x