गत साता करिब ८३ अंक बढेको नेप्से यस साता के होला?

गत साता नेप्से परिसूचक करिब ८३ अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २५४८.९६ विन्दुमा बन्द भएको नेप्से, गत साता ८२.९३ अंक बढेर २६३१.८९ विन्दुमा बन्द भएको थियो।यस अनुसार यस साता नेप्से परिसूचक उकालो लागेमा २७०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा भने यस साता २५२० विन्दुमा टेवा पाउने देखिन्छ।गत साता नेप्सेको ५ दिने इएमए र २० दिने इएमए बीचको दूरी फराकिलो बन्दै गएको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम बलियो रहेको छ।

गत साता नेप्सेमा हरियो बुलिश मैनबत्ती बनाएको छ। यसले गत साता बजारमा खरिदकर्ताहरुको चाप रहेको संकेत गर्दछ।

नेप्सेसँगै यस साता भोल्यूममा पनि वृद्धि भएको छ। गत साता नेप्सेमा दैनिक औषतमा ६ अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १२.७३ प्रतिशत बढी हो।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x