ज्योति लाइफको शेयर सूचीकरण अन्तिम चरणमा

ज्योति लाइफ इन्सयोरेन्सको शेयर सूचीकरण प्रकृया अन्तिम चरण पुगेको छ। नेप्सेले दुई/तीन दिन भित्रै सूचीकरणको गर्ने गरी तयारी थालेको हाे।कम्पनीले शेयर सूचीकरणको लागि नेप्सेमा आवेदन दिइसकेकाे छ। सूचीकरणको लागि आवश्यक कागजपत्र पेश भएको छ कि छैन त्यसको अध्ययन गरेर दुई/तीन दिन भित्रै शेयर सूचीकरण हुने नेप्सेले जनाएको छ ।सिडीएससीले ज्योति लाइफको शेयर जेएलआई कारोबार संकेतमा शेयरधनीको डिम्याट खातामा पठाईसकेको छ।कम्पनीले फागुन २१ गतेदेखि २६ गते जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो।उक्त शेयर चैत १३ बाँडफाँट भएको थियो। आवेदन दिएकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्।

Source: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x