नेप्सेमा नयाँ रेकर्ड मंगलबार सूचकको वृद्धिसँगै नयाँ उचाईमा, हाइड्रोपावरमा विशेष तेजी

काठमाडौं : सेयर बजारको सूचक नेप्सले मंगलबार अर्को नयाँ उचाई बनाएको छ । क्लोजिङ सूचकका आधारमा नेप्सेमा नयाँ रेकर्ड बनेको हो । सूचकको वृद्धिसँगै खरिदबिक्री रकमले पनि उचाईं लिंदै गएको छ । यी परिदृश्यहरुले बजारको आगामी गति थप सकारात्मक हुने देखिएको छ । मंगलबार नेप्से सूचक १५.७२ अंकले बढेर २६७४.४६ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।यता, खरिदबिक्री रकम पनि ७ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।  यी दुवै अवस्थाले बजारको सकारातमक भविष्यको संकेत गरिरहेको देखिन्छ । १४ कम्पनीको भाउ ९% भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । बजार सुधार हुँदै जाँदा हाइड्रोपावर समूहमा विशेष तेजी आएको छ । मंगलबार यस समूहका अधिकांश कम्पनीहरुको भाउ वृद्धि भएको छ ।केहीमा सकारात्मक सर्किट ब्रेकरसमेत लागेको छ । लामो समयदेखि खासै भाउ बढ्न नसकेको अनि तुलनात्मकरुपमा सस्तो भएको विश्लेषणसहित लगानीकर्ता हाइड्रोपावरतिर आकर्षित भएको अनुमान गरिएको छ । चिलिमे हाइड्रोपावर, अपर तामाकोशी जस्ता ठूला कम्पनीहरुले लीड गरिरहेको देखिन्छ । यसबाहेक अन्य थुप्रै कम्पनीहरुको पनि भाउमा सकारात्मक सुधार भएको छ ।

यस्तै, उत्पादनमूलक, माइक्रोफाइनान्स, होटेल तथा पर्यटन, विकास बैंक समूहहरुमा पनि तेजी आएको छ । बजार खुलेको सुरुवाती चरणदेखि नै केही सुस्त देखिएको थियो । तर २ बजे आसपासबाट नेप्सेले तेजी लिएको हो । बजार वृद्धि हुँदै जाँदा आम लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्ने गर्छ । बजार बढ्छ भन्ने आत्मविश्वास लगानीकर्तामा हुन आवश्यक छ । यसो हुन सकेमा आगामी दिनहरुमा थप नयाँ रेकर्डहरु बन्न सक्नेछ । चैत मसान्त नजिकिंदै जाँदा बजारमा उत्साह जारी छ । मसान्तमा पनि बजार दह्रो भएमा वैशाखपछि थप रफ्तारमा जान सक्ने कतिपयको अनुमान छ । सेयर बजारमा सामान्य अंकको तलमाथि हुन स्वभाविक हो । यति नै पुग्छ भनेर अंकलाई ठोकुवा गर्नु उचित पनि होइन । तर, समग्र अवस्थाको अनुमानमा बजार बुलिस प्रवृत्तिमै रहेको छ । विस्तारै नयाँ वर्ष  सुरु हुनेछ । सरकारको पुँजीगत खर्चमा पनि वृद्धि हुनेछ । सेयर बजारको सिजन आउँदैछ । सेयर कर्जा पनि सस्तो छ । वित्तीय प्रणालीमा अधिक तरलताकै अवस्था रहेको छ । यी समग्र परिदृश्यहरुका आधारमा बजारको दीर्घकालीन गति सकारात्मक र बुलिस नै हुने धेरैको विश्लेषण रहेको छ ।

लगानीकर्ताले योजनाबद्ध तथा रणनीतिक हिसाबले अघि बढ्न सक्नुपर्छ । सबल वित्तीय सूचक भएका कम्पनीमा होल्ड गर्ने अवधिको पूर्वअनुमान सहित लगानी गर्न सकेमा थप सजिलो हुन्छ । खरिदबिक्री रकममा ३९ करोडल ८० लाख रुपैयाँभन्दा बढीसहित निफ्रा सबैभन्दा अघि छ । त्यसपछि क्रमशः दोस्रो र तेस्रो स्थानमा चिलिमे र अपर तामाकोशी हाइड्रोपावर रहेका छन् ।


Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x