सिंगटी हाईड्रोका आईपीओ बाँडफाँड यसरी हेर्नुहोस् नतिजा

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको छ । भाग्यमानी २ लाख ६९ हजार ७०० ले १० कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीको शेयरमा अत्याधिक माग परेका कारण धेरैको हात खाली हुने निश्चित छ । आफूलाई शेयर परे नपरेको हेर्नको लागि सिडिएससीले बनाएको नयाँ वेबसाईट www.iporesults.cdsc.com.np मा गई हेर्न सकिने छ ।

सिंगटी हाइड्रोपावर कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ५ प्रतिशत हुन आउने १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत बराबर हुन आउने ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।

जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो। माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। जसमा भाग्यमानी २ लाख ६९ हजार ७०० ले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १३ लाख ५४ हजार ७८३ आवेदकको हात खाली हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।

Source: sharathinews

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x