भोली शनिबार बिहान हुँदैछ कम्पनी विश्लेषणको निःशुल्क अनलाइन कक्षा

काठमाडौं : नेपाली पैसाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत नेप्सेमा सूचीृकत भएका कम्पनीहरुको प्राविधिक विश्लेषण गरी लगानी गर्ने सीप सिकाउनका लागि हरेक साता निःशुल्क अनलाइन सेयर कक्षा सञ्चालन गरिरहेको छ । यसैक्रममा आगामी निःशुल्क कक्षा यही चैत २८ गते शनिबार बिहान ७ः३० बजेदेखि अनलाइन माध्यमबाट चल्नेछ ।
यसअघि सेयर बजारका तालिमहरु लिइसकेका र दोस्रो बजारमा कारोबार गरिरहेका व्यक्तिहरुका लागि यो तालिम अझ बढी उपयोगी हुनेछ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये अधिक माग गरिएका (अन डिमाण्ड) सेयरहरुको अवस्था कस्तो छ ? कसरी कारोबार गर्न सकिएला ? भन्ने लगायतका जानकारी लिन चाहनेका लागि यो निःशुल्क सत्र निकै उपयोगी हुने तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठले बताए ।
यसमा गत साताभर नेपाली पैसाका पाठकहरु तथा यसअघि तालिममा सहभागीहरु भएकाहरुमध्ये सबैभन्दा बढी माग भएका केही कम्पनीहरुको विश्लेषण गरिनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक तथा विश्लेषक डा. केशव श्रेष्ठले लिनेछन् । यसका लागि तल दिइएको लिंकहरु शनिबार चैत २८ गते बिहान ७ः१५ देखि जूम वा गुगल मीटमा कपि पेष्ट गरी इन्ट्री गर्न सकिनेछ ।

https://zoom.us/j/96075830050?pwd=R205VTBOL3NwQzlKS2FwLzNxa2RSdz09

Meeting ID: 960 7583 0050

Passcode: 026433

meet.google.com/ufm-nqhe-pdr

Source: nepalipaisa
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x