रात्रीकालिन यात्राको अनुभव : अधुरो प्रेम कथा भाग -१ (आकाश रिजाल)

कान्छा चिसोको समय छ अल्ली ताता ताता कपडाहरु लगाउ है अनी त्यो टाउकोमा टोपी अनी गल्बनन्दी पनि ब्याग्माराखिराख बेल्का गाडीको चिसोले बिरामी भाईन्छ । अनी त्यो तलाई मन पर्ने कुर्याउनी हरु राखिस त ब्याग्मा भन्दै आमाले आमा हुनुको स्व्भाविक गुण देखाउदै मलाई ममत्व पस्किनु भयो । उहाको आँखा बाट पुलुक्क आसु झर्यो अनी त्यहा बाहिर महिरो मा दही अनी दुबो छ दही खायर दुबो मुख म च्यापेर हिद भन्दै आमा घर भित्र लाग्नु भयो। म भने कैयौ सपनाहरु मन मा बोकी राजधानीको यात्रा तर्फ लागे आमा बुवा को नजर मा म कम्जोर थिय त्यसैले सुरक्षा र् सजिलो को दृष्टिले मलाई दिउसो को बस मा जाने सल्लाह दिनु भयको थियो । म चाइ बुवा आमा को कुरा नमानी अनेक बहाना बनाएर रात्री बसमा जाने भयको थिए म आफ्नो समान हरु बोकेर घर बाट हिंडे । बस स्टेन्ड्मा पुगेर टिकेट लिए मलाई बि को 7 नम्बर को सिट देखाइदियो ।

गाडीमा गएे दाहिने पट्टी झ्याल को सिट सात नम्बर को रहेछ आफ्नो समान हरु डिक्किमा राखे ।  मनमा कौतुहल्ता बड्न थाल्यो अर्को खाली सिट कस्को होला । लोग्नेमान्छे हो कि तरुनो होकी तन्नेरी होकी आईमाई होला कि बुढा बुढी म सोच्दै बसे यो सिटमा आकर्सक केटी परे पनि लामो र् पत्यार्लाग्दो यात्राा सजिलो कट्ने थियो भन्दै कल्पना गर्न थाले । अनी हिंड्ने बेला आमाले आज्काल मान्छेहरु फटाह हुन्छन है बुढा बुढी देखिने इमान्दार मान्छेसङ्ग जौ है भनेको सम्झिए ।  अनी आमाको त्यस वाक्य प्रती आपेक्षित हासो हासे किनकी कुनै तन्नेरी केटीसङ्ग गर्ने यात्रााको मजा मेरी आमालाई के थाहा गाडीमा चाडने प्रत्यक व्याक्तिलाई मैले कौतुहल्तापूर्ण रुप्ले हेर्थे कतै यही त् हैन मेरो सिट्पाट्नर भन्दै तर मेरो साइड्को सिट दाबी गर्न कही पनि आएनन ।  केही क्ष्ण पछी बुढो बुढो पुलिक्क भुँडी निस्केको मोटो मोटो ज्यान भयको मान्छे खलासी दाई सङ्ग कुरा गर्दै मेरो छेउमा आयो ।  मेरो भित्री चाहाना चक्नाचुर भयो म कान मा एयर्फोन लगाएर बस्पार्क बाहिर देखिने कृयाकलाप हरु हेरिरहेको थिए ।

डाइभर खलासी नजिकैको चियापसल मा चिया खाइरहेका थिए । कुल्ली भरियाहरु गाडीमा समान लोद गर्दै थिए बाहिर चोक मा आफ्यानथरुलाई गाडी चाडाउ आएका थिए । र् बिदाका हात हल्याउदै गाडी हिंड्ने प्रतिक्ष्या मा पर्खिरहेका थिए बाहिर सडक मा राजधानी तथा अन्य गाउसहर जाने गाडी ध्यार ध्यार गरिरहेका थिए । खलासिहरु सम्बन्धित ठाउको नाम लिएर यात्राु हरु डाकीरहेका थिए काठमान्डौ कथामान्डौ बुटवल बुट्वल डाडाकटेरी पिपल्धारा आदी एत्तिकैमा हामी बसेको गाडी हिंड्न् थालयो । म भने म बसेको झ्याल बाट सुन्दर द्रिस्य हरु सङ्ग आफ्नो ताल मा बसिरहेको थिए कारीव १ किलोमिटर हिडिसकेपछी १८ १९ बर्ष कि केटी ज्याकेट कालो टोपी अनी जिन्स पाइन्ट्मा मेरो सिट को छेउमा आएर साइड मा बसेको अंकल लाई यो मेरो सिट हो मैले टिकाट काटेकी छु भनिराकी थिन । तत्तिकैमा त्यो अंकल ले म तेजी माथि सम्म जाने हो तेसपछी तिमी बसौली भन्दै भन्न् थाले अनी उनी भने म उभिन सक्दैन मलाई भोमिट हुन्छ भन्दै साइद को अंकल लाई भन्न् थालिन । म दाङग थिए त्यो सुन्दर केटी मेरो साइड को सिट्मा बस्न आएको देखेर मैले पनि त्यो केटी को सपोर्ट लिए अंकल उहाले टिकाल काट्नु भएको रहिछ ।

यो सिट को दिनुनत उहाको सिट भन्दै एही नरपानी सम्म त् हो म जाने अनी तिमी बसौली नि भन्दै अंकल्ले भन्नु भयो । एत्तिकैमा तेही बिबाद सुरु हुन थाल्यो अनी मैले भने आउनु तपाईं मेरो सित मा बस्नु अंकल ओर्लिसकेपछी म् मेरो सिट्मा बस्छु भन्दै म् सिट बाट बाहिर निस्किएर उभिन तर्फ लागे अनी धन्यवाद भन्दै मेरो सिट मा बसी ।  केइ छिनमा  हामी नरपानी भन्ने ठाउमा अैपुग्यौ र् अंकल झरे र् म् मेरो सित मा बस्न गए कारीब आदा घण्टा जती म मौन बसे र् उनी पनि अनी रात परिसकेको थियो ।  गाडी चलिरहेको थियो एत्तिकैमा मिठो सम्बोदन गर्दै मैले हज्र कहाँ सम्म पुग्ने काठमान्डौ नै हो भन्दै कुराकानी सुरु हुन थालयो बिस्तारइ आफ्नो आफ्नो परिचए हामीले दियौ ।  मैले भने म आकाश रिजाल काठमान्डौ मा स्नो जागिर अनी पड्छु अनी उस्ले चाइ म् पूजा पनि बुट्वल मा पड्छु ।  अनी काठमान्डौ चाइ दाइको मा जान लागेको कुरा सुनाइन कुराकानी गर्दै गर्दा खाना खाने ठाउमा आएको पत्तै भएनछ खलासी दाई ले ल् ल् खाना खान झरौ है खाना खाने समय भयो भन्दै यात्राु हरुलाई ओराल्नु भयो ।  म र् पूजा एउटै टेवल मा बसेर खाना खान बसेको देखेर खलासिले भने मलाई जिस्काइरहेको थियो ।  खाना खाइसकेपछी बाहिर को चिसो मौसम को कुरा गर्दै बाहिर उभिरहेको थियौ एत्तिकैमा खलासी ले सबैजना गाडीमा आउनुस् है। भोली फेरी बिहान नौबिसेको जाममा पारीन्छ भन्दै यात्रु डाक्न थालयो ।

एत्तिकैमा हामी पनि आफ्नो आफ्नो सिट मा गयौ अनी हामी हरु गफ सङ्गै चिसो मौसम मा उनले लिएको सल ओडेर यात्राा गर्न थालयौ । एत्तिकैमा उनी निदाउन खोजिन मैले उनको टाउको मा हातको सिरानी लगाइदिए उनलाई निदाउन सयोग गरे चिसो मौसम गाडीमा माया पिरतिका गीत अनी छेउमा सुन्दर केटी बिस्तारै उस्ले मेरो छातीमा टाउको ल्याउन थालि । त्यो उन्को लामो कपाल मेरो मुख सम्म पुगेको थियो । त्यो उस्को कपाल को बासना मेरो नाक सम्म आइरहेको थियो म पनि तेत्तिकैमा निदाउन पुगेछु केही चाइना पछी उनको हात्को साइडमा मेरो टाउको अनी उन्को सलले मेरो मुख छोपिरहेको थियो मेरो मुख बाट उनको साल निकाले एस्सो बाहिर हेर्दा अध्यारो थियो । उनले बाहिर देखिने द्रिस्य हरुको अवलोकन गर्दै थिहिन भोली फेरी बिहान नौबिसेको जाममा पारीन्छ भन्दै यात्रु डाक्न थालयो । हामी कावासुती बाट अघाडी लागि सकेका थियौ घरहरुमा बत्ती हरु बोलिरहेका थिए । ठुला ठुला माल्वहाँक गाडी हरु तथा बसहरु गूड्इरहेको बस को झ्याल बाट हेर्न सकिन्थ्यो एत्तिकैमा मैले पूजा हामी कहाँ पुगियो भन्दै सोदन थाले । उनको त्यो जवाफ सँगै फेरी हाम्रो कुराकानी सुरुहुन थालयो त्यस्पछी को बाँकी अंश अर्को भाग मा लियर आउने छु धन्यवाद ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x