वर्ष को अन्तिम दिन नेप्सेमा नयाँ रेकर्ड : २०७८ मा यी समूहका सूचकहरुमा अझै माथि जाने संकेत

काठमाडौं : वर्ष २०७७ को अन्तिम दिन पनि सेयर बजारमा उत्साह देखिएको छ । नयाँ वर्षलाई हरियो झन्डा देखाएर स्वागत गर्दै नेप्सेले २०७७ साललाई विदा गरेको छ । नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा आइपुगेको हो । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो ।बढ्दोक्रममा रहेको सूचकलाई कारोबार भोलुमले पनि साथ दिइरहेको छ । यसबाट लगानीकर्ताहरु थप उत्साहित भएका छन् । बजारले पनि अझै सकारात्मक हुने संकेत गरिरहेको छ । यस दिन बाणिज्य तथा विकास बैंकहरुमा रौनकता देखिएको छ । यी समूहका सूचकहरुमा आकर्षक वृद्धि देखिएका छन् ।
नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमानहरु भइरहेका छन् । अब धमाधम सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउन थाल्नेछ । समग्रमा नाफा बढ्ने प्रक्षेपणहरु भइरहेका छन् । तरलता थप सहज बन्दै जाने अनुमान छ । अब विकास निर्माणका कामले तीब्रता पाउँदा सरकारी खातामा रहेका पैसाहरु बजारमा आउनेछ । यस्तै, नयाँ बजेटको पनि तयारी भइरहेको छ । बजेट पुँजी बजारमैत्री हुने विश्वास गरिएको छ ।समग्रमा सेयर बजार बुल रनमा रहँदा आम लगानीकर्ताको मनोविज्ञान पनि सबल देखिएको छ । यी परिदृश्यहरुमा सेयर बजारको दीर्घकालीन गन्तव्य बुलिस हुने विश्लेषकहरुको मान्यता रहेको छ । लगानीकर्ताहरुले सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर धैर्यतापूर्वक लगानी गर्न उनीहरुको सुझाव छ ।
१३ मध्ये ६ समूहका सूचक वृद्धि भएका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x