यो सरकारले प्रतिकूलताको बीच पनि असाधारण काम गरेर देखाएको छ : प्रधानमन्त्री ओली

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको बताएका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् । केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।

Source:OnlineKhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x