नेप्सेमा ४ कम्पनीको ३ करोड ९३ लाख कित्ता हकप्रद र बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा आइतबार ३ करोड ९३ लाख ६१ हजार ५८७.७३ कित्ता सेयर सूचीकृत भएको छ । जसमा २ करोड ५७ लाख ५६ हजार ५५३.७३ कित्ता बोनस सेयर र १ करोड ३६ लाख ५ हजार ३४ कित्ता हकप्रद सेयर रहेको छ । सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता (१३%) बोनस सेयर रहेको छ ।
यस्तै, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता (१३.५०%) र साना किसान विकास लघुवित्तको २५ लाख ५७३.५६ कित्ता (२५%) बोनस सेयर पनि सूचीकृत भएको छ । त्यस्तै, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र साना किसान विकास लघुवित्तको १२ हजार ४४२ कित्ता हकप्रद पनि सूचीकरण गरिएको हो ।
Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x