चन्द्रागिरी हिल्स आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ करोड नोक्सानमा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानमा छ । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ नोक्सानमा थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १५ करोड ९३ लाख रुपैयाँ बढेको हो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ ।चैत मसान्तसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । यसअवधिमा कम्पनी २ करोड ८१ लाख ५५ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १४ करोड २१ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता, गत वर्ष १ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीद्धारा सञ्चालित केबलकारमा औसतमा दैनिक १४ सय जना आगन्तुक र रिसोर्टमा औसत अक्युपेन्सी ४०% रहेको जनाएको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ । प्रतिसेयर नेटवर्थ ७९ पैसा ०९ रुपैयाँ छ ।

चन्द्रागिरी हिल्सको तेस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x