साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं : साताको अन्तिम दिन बिहीबार नेप्से सूचकमा सुधार देखिएको छ । बजार खुलेदेखि नै अस्थिर देखिएको थियो । तलमाथि गर्दागर्दै अन्तिम प्रहरमा नेप्से सकारात्मक बनेको हो । क्लोजिङमा सूचक दोहोरो अंकले वृद्धि भएको छ । कारोबार भोलुम झन्डै ६ अर्ब रुपैयाँ नजिक छ । नेप्से २६०९ विन्दुको आसपासमा आएपछि फेरि फर्किएको हो । यसअघि २७३५.४ विन्दुसम्म पुगेको नेप्से घट्दै छोटो समयमै २६ सयको तहमा आयो ।इन्ट्रा डे हाइमा नेप्से यसअघि अझै माथि पुगेको थियो । यसआधारमा हेर्दा छोटो समयमै राम्रै करेक्सन भएको देखिन्छ । २७ सय माथिको तहमा ट्रेडरहरुले नाफा बुक गर्दा नेप्से केही प्रभावित भएको थियो । यसैक्रममा  कोरोना त्रास बढ्दा लगानीकर्ता थप सशंकित भएका हुन् । तथापि, विश्लेषकहरुले यसरी आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै आएका छन् । सेयर बजारमा बेलाबखत करेक्सनहरु आइरहन्छन् ।
यसलाई स्वभाविक रुपमा लिनुपर्ने हुन्छ । प्रमुख पक्ष भनेको सर्वसाधारण लगानीकर्ताको दह्रो मनोविज्ञान नै हो । आत्मबल दह्रो बनाएर योजनाबद्ध र सकेसम्म अलि लामो समय होल्ड गर्ने हिसाबले सेयर कारोबार गर्न सके दैनिक हुने उतारचढावबाट सुरक्षित रहन सकिने अनुभवीहरुको भनाई रहने गरेको छ । वित्तीय प्रणालीमा अधिक तरलता र सस्तो ब्याजदरले सेयर बजारलाई सपोट गर्ने विश्वास गरिएको छ । कोरोना कहरका बेला तरलता थप सहज हुने अनुमान छ । यसले पनि बजारलाई सकारात्मक बाटामै लैजान सक्नेछ । नेप्से सूचक १५.८० अंकले बढेर २६४८.०१ विन्दुमा आइपुगेको छ । ५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल २१४ कम्पनीको सेयर कारोबार भएकामा १२१ कम्पनी बढेका छन् । ४३ वटा घटेका छन् भने १८ मा कुनै परिवर्तन भएको छैन । खरिदबिक्री रकममा ६२ करोड २७ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा एनआइसी एसिया लघुवित्त परेका छन् । आधा दर्जन कम्पनीमा भाउ बढेर सर्किट लागेको छ । १३ मध्ये २ बाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x