शनिबार बिहान हुँदैछ कम्पनी विश्लेषणको निःशुल्क अनलाइन कक्षा

काठमाडौं : नेपाली पैसाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत नेप्सेमा सूचीृकत भएका कम्पनीहरुको प्राविधिक विश्लेषण गरी लगानी गर्ने सीप सिकाउनका लागि हरेक साता निःशुल्क अनलाइन सेयर कक्षा सञ्चालन गरिरहेको छ । यसैक्रममा आगामी निःशुल्क कक्षा यही वैशाख ११ गते शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म अनलाइन माध्यमबाट चल्नेछ ।यसअघि सेयर बजारका तालिमहरु लिइसकेका र दोस्रो बजारमा कारोबार गरिरहेका व्यक्तिहरुका लागि यो तालिम अझ बढी उपयोगी हुनेछ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये अधिक माग गरिएका (अन डिमाण्ड) सेयरहरुको अवस्था कस्तो छ ? कसरी कारोबार गर्न सकिएला ? भन्ने लगायतका जानकारी लिन चाहनेका लागि यो निःशुल्क सत्र निकै उपयोगी हुने तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठले बताए ।
यसमा गत साताभर नेपाली पैसाका पाठकहरु तथा यसअघि तालिममा सहभागीहरु भएकाहरुमध्ये सबैभन्दा बढी माग भएका केही कम्पनीहरुको विश्लेषण गरिनेछ । यसमा सेयर बजारको विश्लेषण गर्ने प्रविधि स्मार्ट वेल्थ प्रो बाट पनि विश्लेषणका विधिहरु जानकारी गराइनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक डा. केशव श्रेष्ठले लिनेछन् । यो लिंकबाट ३०० जनामात्र सहभागी हुन सक्नेछन् । जूम लिंकबाट प्रवेश नपाउनेहका लागि डा. केशव श्रेष्ठको फेसबुक पेजबाट लाइभ प्रसारण पनि गरिनेछ । यसका लागि तल दिइएको जूमको लिंकबाट यही वैशाख ११ गते शनिबार बिहान ७ः३० बजे इन्ट्री गर्न सकिनेछ ।
https://zoom.us/j/95170103947?pwd=YTF2RnZRc1NLUEpsS3ZWcmFSUjR4Zz09

Meeting ID: 951 7010 3947

Passcode: 988515

फेसबुकबाट प्रत्यक्ष प्रसारणका लागि लिंक :

https://www.facebook.com/keshav.shrestha.549

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x