सरकारले निषेधाज्ञा जारी गरेसँगै , बुद्ध एयरले हवाई भाडादर बढायो

सरकारले निषेधाज्ञा जारी गरेसँगै हवाई भाडादर बढेको छ।नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि भाडादर बढाएको छ। बुद्ध एअरको बुधवारको काठमाडौं-धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५ तोकिएको छ।

नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७ हजार २ सयसम्म पुगेको छ।यस्तै आइतबारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ।सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

Source: mahendranagarpost

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x