सिंगटी हाइड्रोको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ? बुधबारबाट कारोबार खुला हुने

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ मंगलबार नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनेछ । ‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।
सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो । यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए।
Source: nepalipaisa
5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x