सिंगटी हाइड्रो इनर्जीको सेयर भाउ बढेर सर्किट

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ बुधबारबाट नेप्सेमा कारोबार सुरु भएको छ । यसको पहिलो कारोबार ३०० रुपैयाँमा खुलेको हो । यो समाचार तयार पार्दासम्म १०% भाउ बढेर ३३० रुपैयाँ पुगेको छ । बिक्रेता देखिएका छैनन् । ५ लाख ६३ हजारभन्दा बढी कित्ताका लागि क्रेता आएका छन् । नेप्सेले सिंगटीको ओपनिङ रेन्ज पनि तोकेको थियो ।

जसअनुसार पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँको रेन्जमा रहेर हुनुपर्ने व्यवस्था थियो । सोही अनुसार रेन्जको सबैभन्दा माथिल्लो विन्दुमा कारोबार खुला भएको हो । ‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार खुला भएको छ । यस हाइड्रोपावरले चुक्ता पुँजीका अधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो ।

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। यसमा २ लाख ६९ हजार ७०० जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका थिए।

source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x