निषेधाज्ञामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपभोक्तामुखी कार्यक्रम

काठमाडौँ, १६ बैशाख । दोस्रो चरणको कोरोना संक्रमण फैलिएकोसँगै बिहिबारबाट निषेधाज्ञा जारी भएको छ । मन्त्रीपरिषद्ले गरेको निर्णय अनुसार, बिहिबार (आज) देखि काठमाडौँ उपत्यकाभित्र निषेधाज्ञा जारी भएको हो । यससँगै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपभोक्ताका आवश्यकतालाई मध्य नजर गर्दै आम उपभोक्ताहरुलाई आवश्यक पर्ने खाद्य लगायतका सामाग्रीहरु (बासमती लगायतका विभिन्न प्रकारका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खानेतेल, घ्यू, स्यानिटाइजर) कम्पनीका बिक्री कक्षहरु रामशाहपथ (बग्गीखाना), थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकबाट तपशील बमोजिम वितरण गर्ने व्यवस्था मिलाएको छ ।

बिक्री समय
थापाथलीः         बिहान : ७ः००–१०ः०० बजेसम्म
कार्यालय समयः १०ः००–५ः०० बजेसम्म
बेलुका : ५ः००–७ः०० बजेसम्म
नख्खुः              बिहान : ७ः००–१०ः०० बजेसम्म
कार्यालय समयः १०ः००–५ः०० बजेसम्म
रामशाहपथः        बिहान : ७ः००–११ः०० बजेसम्म
सूर्यविनायकः       बिहान :  ७ः००–११ः०० बजेसम्म

उपत्यकावासी उपभोक्ताहरुको दैनिक जीवनलाई अझ बढी सहज बनाउन कम्पनीले आफ्नो अनलाइन र्पोटल लभउबािययम।नयख।लउ मार्फत चक्रपथ भित्र र क्बकतयमभब।िअयm मार्फत उपत्यकाभरी निशुल्क रुपमा उपभोक्ताको घर दैलोमा नै होम डेलिभरी सेवा संचालनमा  गरिरहेको र उक्त सुविधा यस प्रकारको परिस्थितिमा अपनाउने पनि  कम्पनीको सुझाव छ ।
त्यस्तै, बन्दाबन्दीको समयमा उपभोक्ताले अधिंक खाद्यवस्तुहरू संचित गर्ने प्रवृत्तिलाई पनि हटाउन कम्पनीको अनुरोध छ । अधिक परिमाणमा खाद्यवस्तु संचित गर्दा बजारमा कृतिम अभाव हुन जान्छ । यसका साथै, कुनै प्रकारको खाद्य अभाव नहुनेमा उपभोक्तालाई विश्वस्त हुन कम्पनीले आग्रह गरेको छ ।

Source: halokhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x