लक डाउन अवधिभर हरेक बिहान ‘सेयर बजारका कुराकानी’ अनलाइनमा निःशुल्क सहभागिता जनाउन सकिने

काठमाडौं : कोरोना दोस्रो लहर चलेपछि काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरहरुमा फेरि लक डाउन जारी भएको छ । यसले सर्वसाधारणको जनजीवन अप्ठेरो बनाएको छ । तर यसपालि एउटा खुशीको कुरा, सेयर बजार भने बन्द नहुने भएको छ । लक डाउन अवधिभर नियमितरुपमै सेयर बजार खुला हुनेछ । यसैसन्दर्भमा लक डाउनका बेला कामबिनै घरमा बसेर समय बिताउन पट्यार लाग्दो हुन सक्छ ।
तर सेयर बजारमा अनलाइन कारोबार गर्नेहरुका लागि भने यो थप बुझेर, सिकेर लगानी गर्न पाउने राम्रो मौका पनि हो । यही सन्दर्भमा बन्दाबन्दीको समय अवधिभर नेपाली पैसाले “हरेक (दिन) बिहान सेयर बजारका कुरा” नामक कार्यक्रम आयोजना गर्ने भएको छ । यसमार्फत तपाईं पनि पुँजी बजारमा आएका नयाँ विषय, समाचार तथा नयाँ घटनाक्रमहरुको कुराकानी अनलाइनमा सहभागी भई जानकारी लिन सक्नु हुनेछ ।
यसरी लिएका जानकारीहरुबाट केही सिकेर सेयर बजारमा लगानी गरी लाभ लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो कार्यक्रममा निःशुल्क सहभागिता जनाउन सकिनेछ । यस कुराकानी कार्यक्रमको सहजकर्ता सेयर बजारका अनुभवी प्रशिक्षक एवं विश्लेषक डा.केशव श्रेष्ठ रहेका छन् । हरेक दिन बिहान ७ः३० बजे तल दिइएको जूम लिंकबाट अधिकतम ३०० जनासम्मले यसमा सहभागिता जनाउन सक्नेछन् । जुमबाट सहभागी हुन नपाउनेहरुका लागि फेसबुक लाइभ पनि गरिनेछ । कुराकानीमा सहभागी हुनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

https://zoom.us/j/98847525591?pwd=U3p3c0xQeVh0UWFOUS9RN2ZvamxRZz09

Meeting ID: 988 4752 5591

Passcode: 900356

फेसबुक लाइभका लागि : https://www.facebook.com/keshav.shrestha.549/

Source: nepalipaisa

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x