नयाँ पुनर्बीमा कम्पनीका लागि आवेदन खुल्ला : समितिले तोक्यो यस्ता सर्तहरु

काठमाडौं । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन दिन सुचना प्रकाशन गरेको छ । समितिले आज एक सुचना जारी गर्दै २१ दिन भित्र आवेदन दिन आह्वान गरेको हो ।

हाल नेपालमा सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । अबका दिनमा पुनर्बीमा व्यवसायलाई बढी प्रभावकारी बनाउने मामलामा निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिने गरेर समितिले आह्वान गरेको हो । थप पुनर्बीमा कम्पनीको बिषयमा समितिले केही समयअघि अध्ययन पनि गरेको थियो । सोही अध्ययनको आधारमा समितिले एक कम्पनीलाई लाइसेन्स दिने गरि प्रक्रिया अगाडि बढाएको हो । तर, बजारमा भने ४ ओटा पुनर्बीमा कम्पनी स्थापना गर्ने तयारी गरिएको छ । यस्तै, बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीका लागि विभिन्न सर्त पनि तोेकेको छ । तोकिएको सर्त पुरा भएका प्रस्तावित कम्पनीले मात्र आवेदन दिनुपर्ने समितिको भनाइ छ ।

समितिका अनुसार कम्पनीको न्यूनतम चुक्तापुँजी १० अर्ब रुपैयाँको हुनुपर्ने छ । पुनर्बीमा कम्पनी स्थापना गर्न चाहाने इच्छुक व्यक्ति तथा संस्थालाई आवेदन विभिन्न आठ सर्त लागू हुने सूचनामा उल्लेख छ ।

के-के छन् सर्तहरु ?

source:arthatantra

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x