लिटरमै सय रुपैयाँले कसरी बढ्यो खाने तेलको मूल्य ? विभागको अध्ययन जारी

खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । ६ महिना अगाडीको तुलनामा अहिले खाने तेलको भाउ लिटरमै १ सयसम्म बढेको छ । यसलाई उपभोक्ता र खुद्रा व्यापारीले अस्वभाविक भनेपनि उद्योगीहरु भने कच्चा पदार्थको मूल्य बढ्दा त्यसको असर तयारी तेलमा परेको बताउँछन् ।४ महिना अगाडीसम्म १२० देखि १४० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य अहिले लिटरमै २४० देखि २५० सम्म पुगेको खुद्रा व्यापारीको गुनासो छ ।

‘उद्योगी र थोक विक्रेता जिम्मेवार हुनुपर्छ’ : भटमासको तेलको भाउ २२० रुपैयाँ प्रतिलिटर घटी पाउन छोडिएको छ । आफूहरुले थोक व्यवसायीबाट ल्याएकै मूल्यमा तेल बिक्रि गर्दा पनि ‘ठगी’ र ‘कालोबजारी’ को आरोप लाग्ने गरेको खुद्रा व्यवसायीहरुको गुनासो छ । पछिल्लो ३ महिनामा खाने तेलको मूल्य ग्राहकको क्रयशक्ति भन्दा बाहिर गएको खुद्रा व्यापारीहरु नै बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ उद्योगी र थोक विक्रेता यसको मुल्य जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘हामी त थोक विक्रेतासँग ल्याएर बेच्ने हो, मूल्य बढ्नुमा हाम्रो कुनै संलग्नता हुँदैन’ उनी भन्छन्, ‘तर, सिँधै उपभोक्तासँग हामी ठोकिन्छौँ, गाली हामीले खानु परेको छ । तर, यसको मूल्य जिम्मेवार उद्योगी र थोक व्यापारी हुन् ।’

‘उद्योग र पसल सिल गर्न नपरोस्’: वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने ठूला भनिएका उद्योगी र थोक विक्रताको पसलमा सिल गर्न सम्म पछि नपर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईँ यसअघि पनि ठूला उद्योगीहरुलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै अधिकतम् जरीवाना तिराईएको स्मरण गर्दै अब पनि जानाजान मूल्य बढाएको भए उद्योग नै सिल गर्ने चेतावनी दिए ।‘म आयातकर्ता, वितरक र विक्रेता सबैलाई यो भन्न चाहन्छु कि, अब वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग तपाईहरुका गल्तीमा टुलुटुलु हेरेर बस्दैन’ उनले भने, ‘आयातकर्ता, वितरक र विक्रेताबाट गल्ती भएको रहेछ भने विभाग सिल गर्न पनि पछि हट्दैन ।’

अध्ययन जारी: विभागले खाने तेलको मूल्य बढ्नु अस्वभाविक हो वा प्राकृतिक हो भन्ने विषयमा अध्ययन पनि थालेको छ । कृत्रिम रुपमा थोक विक्रेता र उद्योगी मिलेर मूल्य बढाए भन्ने गुनासो आएपछि विभागले अध्ययन थालेको प्रवक्ता सेढाईँको भनाई छ । उद्योगीहरुले भने भारतबाट आयात हुने भटमास लगायतको कच्चा पदार्थको मूल्य निकै आकाशिएका कारण मूल्य बढेको दाबी गरेका छन् ।

Source: Bizpati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x