शनिबार हुँदैछ कम्पनी विश्लेषणको निःशुल्क अनलाइन कक्षा (जूम आइडि सहित )

काठमाडौं : नेपाली पैसाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत नेप्सेमा सूचीृकत भएका कम्पनीहरुको प्राविधिक विश्लेषण गरी लगानी गर्ने सीप सिकाउनका लागि हरेक साता निःशुल्क अनलाइन सेयर कक्षा सञ्चालन गरिरहेको छ । यसैक्रममा आगामी निःशुल्क कक्षा यही वैशाख १८ गते शनिबार बिहान ७ः३० बजेदेखि अनलाइन माध्यमबाट चल्नेछ । नेपाली पैसाका पाठक तथा यसअघि तालिम लिएकाहरुको रोजाईमा परेका केही कम्पनीहरुको निःशुल्क विश्लेषण कक्षमा गरिनेछ । यसअघि सेयर बजारका तालिमहरु लिइसकेका र दोस्रो बजारमा कारोबार गरिरहेका व्यक्तिहरुका लागि यो तालिम अझ बढी उपयोगी हुनेछ ।

नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये अधिक माग गरिएका (अन डिमाण्ड) सेयरहरुको अवस्था कस्तो छ ? कसरी कारोबार गर्न सकिएला ? भन्ने लगायतका जानकारी लिन चाहनेका लागि यो निःशुल्क सत्र निकै उपयोगी हुने तालिमका प्रशिक्षक डा. केशव श्रेष्ठले बताए । यसमा गत साताभर नेपाली पैसाका पाठकहरु तथा यसअघि तालिममा सहभागीहरु भएकाहरुमध्ये सबैभन्दा बढी माग भएका केही कम्पनीहरुको विश्लेषण गरिनेछ । यो कक्षा नेपाली पैसाका अनुभवी सेयर बजार प्रशिक्षक तथा विश्लेषक डा. केशव श्रेष्ठले लिनेछन् । जूमबाट ३०० जनासम्मले कक्षा लिन सक्नेछन् । जूम लिंकबाट प्रवेश नपाउनेहरुका लागि डा. केशव श्रेष्ठको फेसबुक पेजबाट लाइभ प्रशारण पनि गरिनेछ । यसका लागि तल दिइएको जूमको लिंकबाट शनिबार बिहान ७:३० बजे इन्ट्री गर्न सकिनेछ ।

Join Zoom Meeting

https://zoom.us/j/91639660862?pwd=UHU1Y0VwNm9HYm56b08vNW1SWnBaZz09

Meeting ID: 916 3966 0862

Passcode: 437619

फेसबुकमा प्रत्यक्ष प्रसारणका लागि : https://www.facebook.com/keshav.shrestha.549
Source: nepalipaisa
Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x